कोशी प्रदेशमा सर्वदलीय सरकार बनाउनुपर्छ : माधव नेपाल

कोशी प्रदेशमा सर्वदलीय सरकार बनाउनुपर्छ : माधव नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकार बनाउनुपर्ने बताएका छन् ।

आज शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले कोशीमा स्थिरता कायम गर्न सर्वदलीय/सर्वपक्षीय सरकार बनाउनुपर्ने बताए ।

अध्यक्ष नेपालले केन्द्रमा एक प्रकारको गठबन्धन भए पनि कोशी प्रदेशमा सांसद संख्याको कारणले अस्थिरता भएकाले सबै मिलेर स्थिर सरकार बनाउनुपर्ने बताए ।

कुनै एक पक्षलाई निषेध गर्ने वातावरण कोशी प्रदेशमा नरहेको उनले जिकिर गरे । कोशी प्रदेशको नामाकरणबारे उठेको विवाद आवश्यक नरहेको बताउँदै उनले जनताको भावनालाई सम्मान गर्न कोशी प्रदेशसभा बैठकले नामकरणको विषय टुंग्याउनुपर्ने बताए ।

अध्यक्ष नेपालले आममाफी दिने विषयमा सर्वोच्च अदालतको परमादेश उपयुक्त भएको र विगतमा गरिएका गल्ती कमजोरीलाई सच्याएर अघि बढ्न सरकारलाई आग्रह गरेका छन् ।