कोशीका सभामुख विष्ट पार्टीको जिम्मेवारीबाट अलग

कोशीका सभामुख विष्ट पार्टीको जिम्मेवारीबाट अलग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- कोशी प्रदेशका सभामुख अम्बर बहादुर विष्ट पार्टीको जिम्मेवारीबाट अलग भएका छन् । प्रदेश सभामुखमा निर्वाचित भएसँगै उनले आफू आबद्ध दल राप्रपाको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् ।

पार्टी केन्द्रीय कार्यालयलाई लेखेको पत्रमा भनिएको छ, ‘मिति २०८०।०९।२४ गते कोशी प्रदेश सभाले मलाई सभामुखको रूपमा निर्वाचित गराएकोले पदीय मर्यादा कायम राख्दै सो पदमा रहुन्जेल पार्टीको कुनै पनि पदमा बस्न नमिल्ने भएकोले पार्टीको सबै पदीय जिम्मेवारीबाट अलग रहेको ब्यहोरा निवेदन गर्दछु ।’