कोशीमा कांग्रेसले ४ मन्त्री र २ राज्यमन्त्री पाउने सहमति

कोशीमा कांग्रेसले ४ मन्त्री र २ राज्यमन्त्री पाउने सहमति


काठमाण्डु – कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मन्त्रालय भागबण्डा मिलेको छ ।

शनिबार काठमाण्डुमा कांग्रेसबाट प्रदेश सभापति उद्धव थापा, उपसभापति रमेशजंग रायमाझी र प्रमुख सचेतक गोपाल तामाङ तथा एमालेबाट मुख्यमन्त्री हिक्मत कार्की, आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर, प्रमुख सचेतक रेवतीरमण भण्डारी बसेर मन्त्रालय भागबण्डा टुंग्याएका हुन् ।

मुख्यमन्त्री सम्हालिरहेको एमालेले कांग्रेसलाई चार मन्त्री र दुई राज्यमन्त्री दिन तयार भएपछि भागबण्डा टुंगिएको उपसभापति रायमाझीले जानकारी दिए । उनका अनुसार कांग्रेसले भौतिक पूर्वाधार विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, पर्यटन वन तथा वातावरण मन्त्रालय पाउने छ ।

यी मन्त्रालय यसअघि माओवादी केन्द्रले सम्हालेको थियो । यस्तै थप एक मन्त्रालय (सामाजिक विकास) दिन मुख्यमन्त्री काकी सकारात्मक रहेका कांग्रेस नेताहरूले बताएका छन् ।

कांग्रेस–एमालेबीच एमालेले तीन वटा र कांग्रेसले दुईवटा संसदीय समिति लिने सहमति पनि बनेको छ । सार्वजनिक लेखा समिति माओवादीलाई दिने सहमति नेताहरूबीच भएको छ ।