कोसीका मुख्यमन्त्री कार्कीले लिए शपथ, दुई मन्त्री नियुक्त


विराटनगर – कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई शपथ गराएका हुन् ।

कार्की संविधानकाे धारा १६८ काे उपधारा (५) अन्तर्गत मुख्यमन्त्री बनेका थिए । उनलाई कांग्रेसका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको समर्थन छ ।

कार्कीले कांग्रेसको शेखर कोइराला पक्ष र एमालेलाई मात्र समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । कांग्रेसका शमशेर राई र एमालेका राम रानालाई मन्त्रीमा नियुक्त गरिएको छ । उनीहरूले पनि शपथ लिएका छन् । दुवै मन्त्री हाल बिनाविभागीय छन् ।

यसअघि, एमालेबाट मुख्यमन्त्री बनेका हिक्मत कार्कीले विश्वासको मत नपाउने स्थिति भपछि असोज २० गते राजीनामा दिएका थिए । त्यसपछि असोज २६ गतेभित्र उपधारा ५ बमोजिम सरकार गठनको आह्वान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement