कोरम नपुगेर कोशी कांग्रेस कार्यसम्पादन समितिको बैठक स्थगित 

कोरम नपुगेर कोशी कांग्रेस कार्यसम्पादन समितिको बैठक स्थगित 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोशी प्रदेशमा डा. शेखर कोइराला पक्षले विद्रोह गरेपछि संस्थापन पक्षको आह्वानमा बसेको कार्यसम्पादन समितिको बैठक कोरम नपुगेर स्थगित भएकाे छ।

कोशी कांग्रेसले शुक्रवार एमालेसंग मिलेर नेता केदार कार्कीले मुख्यमन्त्रीमा दावी गरेपछि आवश्यक निर्णयको लागि भन्दै कार्यसम्पादन समितिको बैठक बोलाएको थियो। बैठक शुक्रवार बिहान ११:३० बजे बस्ने भनिएपनि कोरम नपुगेर स्थगित भएकाे हाे ।

सत्ता गठबन्धनको निर्णयविरुद्ध नेकपा एमालेसँग मिलेर केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेपछि सभापति शेरबहादुर देउवा पक्षधर कांग्रेसले आकस्मिक रुपमा कार्यसम्पादन समितिको बैठक बेलाएका थिए ।

गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई उम्मेदवार बनाउन संस्थापन कांग्रेसले सहमति गरेसँगै पार्टीमा विद्रोह भएको हो ।