काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले शनिबारकाे माैसम पूर्वानुमान गरेकाे छ। आज कोशी प्रदेशका पहाडी भागमा हल्का वर्षाको सम्भावना रहेको छ।
माैसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकीका उच्च पहाडी र हिमाली भेगका १-२ स्थानमा हल्का हिमपातको सम्भावना छ।
पश्चिमी वायुको आंशिक प्रभावका कारण आज दिउँसो देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ। कोशीका पहाडी भेगका १-२ स्थानमा हल्का वर्षाको सम्भावना छ। यस्तै, कोशी र गण्डकीका उच्च पहाडी र हिमाली भेगका १-२ स्थानमा हल्का हिमपातको सम्भावना छ।
आज राति देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने पूर्वानुमान छ। यस्तै, कोशी र गण्डकीका उच्च पहाडी र हिमाली भेगका १-२ स्थानमा हल्का हिमपातको सम्भावना छ।a




प्रतिक्रिया