कोशी अस्पतालका ओपिडी इञ्चार्जसहित ४ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण, अस्पताल बन्द

कोशी अस्पतालका ओपिडी इञ्चार्जसहित ४ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण, अस्पताल बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – विराटनगर स्थित कोशी अस्पतालको ओपीडी सेवा बन्द गरिएको छ ।

ओपिडीका इञ्चार्जसहित चार जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पतालले ओपीडी सेवा बन्द गरेको हो । अस्पतालले सूचना जारी गर्दै स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि संक्रमण नफैलियोस् भनेर ओपीडी सेवा बन्द गरिएको जानकारी दिएकोे छ ।

संक्रमितको सम्पर्कमा आएका १४ जनामध्ये २ जनालाई होम क्वारेन्टाइन र १२ जनालाई स्थानीय एक होटलमा निगरानीमा राखिएको अस्पताल प्रशासनले जनाएको छ । ओपीडी सेवा बन्द भएपनि आकस्मिक सेवा भने बन्द नगरिएको अस्पतालले जनाएको छ ।