कोसी र कमला नदीमा पानीको बहाव बढेसँगै सतर्क रहन आग्रह

कोसी र कमला नदीमा पानीको बहाव बढेसँगै सतर्क रहन आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – लगातारको वर्षापछि देशभरका साना र ठूला नदीहरुमा पानीको बहाव बढेको छ। पानीको बहाव बढेसँगै खतराको स्तर नाधेको बाढी मापन केन्द्रले जनाएको छ । केन्द्रले बिहानै जारी गरेको सूचनाअनुसार कमला नदी–धनुषा–तितरिया बाढीमापन केन्द्रमा जलसतह खतरा तहभन्दा माथि पुगेको छ।

वर्षा हुने क्रम जारी रहने देखिएकोले सतर्क रहन आग्रह गरिएको छ । सूचनामा उल्लेख छ, ‘धनुषा, सिराहा जिल्लाको डुबान भइरहने तटीय क्षेत्रमा रहनुहुनेहरू आज असार २८ गते दिनभर सुरक्षित स्थानमा जानुहुनररहनुहुन अनुरोध छ।’

यस्तै, बिहान ६ बजे जारी सूचनामा सप्तकोसी नदीले चतरामा जलसतहले सतर्कता तह पार गरेको र अझै बढ्दो क्रममा रहेकाले सुनसरी र सप्तरी जिल्लाका नदीतटीय क्षेत्रमा बेलुकी सम्मै उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।