काठमाण्डु – कोशी प्रदेश सरकार गठनविरुद्धको रिटको सुनुवाइका लागि आजपनि पेशी तोकिएकोछ।
कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले हस्ताक्षरलाई मान्यता दिएर सरकार गठन गरेको भन्दै प्रदेश प्रमुख पर्शुराम खापुङविरुद्ध सर्वोच्च अदालतमा परेको रिट न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासको अन्तिममा छ।
सोमबार सुष्मालता माथेमाको इजलासमा हेर्न नभ्याइएको रिट आइतबार न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पनि हेर्न भ्याइएन।
श्रेष्ठको इजलासमा मुद्दाको दैनिक पेशी सूचीमा निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले दायर गरेको रिट १४ नम्बरमा रहेको छ। गत बिहीबार प्रदेश प्रमुख खापुङले सभामुख गौतमको हस्ताक्षरलाई समेत मान्यता दिँदै कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।




प्रतिक्रिया