काठमाण्डु–कोशी प्रदेश सरकारले देखि जनताको गुनासो सुन्नका लागि हेल्लो सीएम सुरु गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आजबाट हेल्लो सीएम सेवाको सुरुवात गरेका हुन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भिन्नै कक्ष निर्माण गरी कर्मचारीको समेत व्यवस्थापन गरेर हेल्लो सीएम सञ्चालनमा ल्याइएको हो । कोशी प्रदेश सरकारसँग भएका गुनासा वा अन्य सहयोगका लागि टोल फ्री नम्बर १६६०२१५२००२ मा फोन गर्न सकिने छ ।
गुनासो व्यवस्थापनको लागि भिन्नै कक्ष राखेर २४ सै घण्टा जनताको गुनासो सुन्न सकिने गरी व्यवस्थापन गरी यो कामको सुरुवात गरिएको छ । प्रदेश सुशासन ऐन २०७६ अनुसार हेल्लो सीएम सुरु गरिएको हो ।
सुशासनबाट नै जनतालाई राहत दिन सकिने भएकाले यसलाई प्रभावकारी सञ्चालन गर्न कर्मचारीलाई मुख्यमन्त्री कार्कीले निर्देशन दिए । जनताको जीउधन र विपद्सँग जोडिएका आपत्कालीन काममा पनि यो प्रभावकारी हुने विश्वास मुख्यमन्त्री कार्कीले व्यक्त गरे ।




प्रतिक्रिया