आज कोशी प्रदेशको मुख्यमन्त्रीमा समर्थन गरेका सांसदको सनाखत गरिँदै

आज कोशी प्रदेशको मुख्यमन्त्रीमा समर्थन गरेका सांसदको सनाखत गरिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोशी प्रदेशमा आज मुख्यमन्त्रीको टुंगो लाग्दैछ ।

मुख्यमन्त्रीका लागि कांग्रेसबाट केदार कार्की र माओवादी केन्द्रबाट इन्द्रबहादुर आङ्बोले बहुमत सांसदहको हस्ताक्षरसहित दाबी पेस गरेका छन्।

शुक्रबार साँझ ५ बजेसम्म दुईजनाको दावेदारी प्रस्तुत भएपछि प्रदेश प्रमुख परशुराम खापुङले आज दुवै पक्षका सांसदहरुको सनाखत गराउन लागेका छन् । आज बिहान ८ बजेदेखि दिउँसो २ बजेभित्र सनाखत गराई सकेपछि आज मुख्यमन्त्री नियुक्ती गर्ने उनको सचिवालयले जनाएको छ ।

माओबादी नेता आङ्बोले गठबन्धनमा रहेका दलहरु मध्ये नेपाली कांग्रेसका २९, माओवादीका १३, नेकपा एसका ३ र जसपाका १ सांसदको हस्ताक्षर बुझाएका छन् भने कांग्रेसका बिद्रोही उम्मेदवार कार्कीले आफूसहित कांग्रेसका ९ तथा एमालेका ३९ सदस्यको हस्ताक्षरसहित कुल ४८ जनाको समर्थनसहित मुख्यमन्त्रीको दाबी गरेका छन् ।

आङबोले बुझाएको पत्रमा राखिएको आफनो समुहका सांसदहरुको हस्ताक्षर नक्कली भएको दाबी गर्दै कार्की समुहले प्रतिबाद गर्दै आएको छ ।

कोशीमा आज बन्ने सरकार संविधानको धारा १६८ (५) अनुसारको हो। प्रदेश सभाको निर्वाचनपछि कोशीमा आज बन्ने सरकार पाँचौं हुनेछ। दलीय अंकगणित र दलहरूको निहीत स्वार्थका कारण कोशीमा यसअघि चार पटक सरकार ढलेको छ।

आज बन्ने सरकारले एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न असफल भए कोशी मध्यावधिमा जानेछ।