कोशीमा पानीको बहाव बढेसँगै सुनसरी र सप्तरीमा बज्यो खतराको घण्टी

कोशीमा पानीको बहाव बढेसँगै सुनसरी र सप्तरीमा बज्यो खतराको घण्टी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सप्तकोशी नदीमा पानीको बहाव हालसम्मकै उच्च भएको छ । नदीमा पानीको बहाव बढेसँगै तटिय क्षेत्रका मानिसहरुलाई सचेत रहन आग्रह गरिएको छ ।

सप्तकोशीमा शुक्रवार बिहान १२ बजे पानीको बहाव प्रतिसेकेण्ड २ लाख ६० हजार क्युसेक पुगेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

कन्ट्रोल रुमले तमोर नदी मुलघाट, धनकुटामा जलसतहले सतर्कता पार गरेको र बढ्दो रहेको जनाएको छ । कोशी नदी चतरामा सतर्कता नजिक रहेको र सतर्कता पार गर्ने सक्ने भएकाले सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा राती सम्मै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।