सप्तकोशीले खतराको तह पार गर्यो, ४६ ढोका खोलिए

सप्तकोशीले खतराको तह पार गर्यो, ४६ ढोका खोलिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सप्तकोशी नदीले खतराको तह पार गरेको छ । मंगलबार बिहानसम्म कोसी ब्यारेजका ४६ वटा ढोका खोलिएका छन् ।

आज बिहानको मापनअनुसार कोशीमा ३ लाख ३४ हजार ८० क्युसेक पानी प्रतिसेकेन्डका दरले बहाव भइरहेको सप्तकोशी ब्यारेजले जनाएको छ । अहिले सप्तकोशीमा यो वर्षकै उच्च पानी बहाव भइरहेको ब्यारेजले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले सुनसरी र सप्तरी जिल्लाका नदी तटिय क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा जान अनुरोध गरेको छ ।