कोसीमा फेरी धारा ५ अन्र्तगत सरकार बन्ने, मुख्यमन्त्री कार्की अदालत जाने


काठमाण्डु-  कोसी प्रदेशमा नयां सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ । कोसी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले महान्यायाधिवक्ता दीनमणी पोखरेलको कानुनी रायपछि संविधानको धारणा १८८ को उपधारा ५ बमोजिम नयां सरकार गठनका लागि आह्वान गर्न लागेका हुन् ।

कोसीमा उपधार ५ बमोजिम नै अहिले कांग्रेस नेता केदार कार्कीको सरकार छ । महान्यायाधिवक्ताको रायपछि कोसीमा फेरी  उपधारा ५ अन्तर्गत नै सरकार वन्ने भएको छ ।

प्रदेश प्रमुखले सूचना जारी गरेलगत्तै बिहिवार उक्त निर्णयविरुद्ध मुख्यमन्त्री केदार कार्की अदालत जाने तयारीमा छन् । मुख्यमन्त्री कार्कीले काठमाण्डुपाटीसंग कुरा गर्दै आफु प्रदेश प्रमुखको निर्णय विरुद्ध अदालत जाने बताए ।

९३ सदस्यीय कोसी प्रदेशसभामा एमाले र माओवादीको स्पष्ट बहुमत छ । दुवै दलको गठबन्धनबाट ५२ सांसदको समर्थनसहित एमाले संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्री बन्दैछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement