एमाले कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित


मोरङ – नेकपा (एमाले) कोशी प्रदेशको अध्यक्ष पदमा घनश्याम खतिवडा निर्वाचित भएका छन् ।

एमाले कोशी प्रदेशको प्रथम अधिवेशनको आज बिहान सार्वजनिक गरिएको मतपरिणामअनुसार उनले ५१२ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमाले नेता विनोद ढकालले ४३० मत प्राप्त गरेका थिए ।

यस्तै सचिवमा राजकुमार भण्डारी र उपसचिवद्वयमा जलवर्र्षा राजवंशी र देवान राई निर्वाचित भएका छन् । उपाध्यक्षमा टीकाराम चेम्जोङ यसअघि नै निर्विरोध निर्वाचित भएको थिए । अन्य सदस्यको मतगणना जारी रहेको निर्वाचन कमिटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement