सशस्त्रका पूर्वआईजीपी वन्तको डिजाइनमा सशस्त्रको मुख्यालयमा आगजनी, साक्षी पक्राउ परेपछि यसरी खुल्यो रहस्य


काठमाडौं– एक साता अघि सशस्त्र प्रहरीको मुख्यालयको लेखा शाखामा भएको आगजनी घटना सशस्त्रकै पूर्वआइजीपी कोषराज वन्तको ‘डिजाइन’ मा भएको खुलेको छ।

 

 

आगजनी गर्ने सशस्त्र प्रहरी, लेखा शाखामा कार्यरत हवल्दार रामकृष्ण श्रेष्ठ पक्राउ परेपछि यस्तो रहस्य खुलेको हो।

 

 

पूर्वआइजीपीहरू वन्त, सनतकुमार बस्नेत, शैलेन्द्र कुमार श्रेष्ठ र बासुदेव ओली विशेष अदालतमा मुद्दा धाइरहेका छन्। उनीहरुलाई अख्तियारले भ्रष्टाचार मुद्दा लगाएको हो।

 

 

तर, अख्तियारले आइजीपी वन्तको कार्यकाल २०६९÷०७० देखि ०७२ सम्मको आर्थिक कारोबारको फाइल अनुसन्धानका लागि मागेपछि श्रेष्ठले प्रमाण नष्ट गर्ने उद्देश्यले आगजनी गरेका हुन्।

 

 

अख्तियारले फाइल मागेपछि सशस्त्रको मुख्यालयले फाइल तयार गरेर बोरामा राखेको थियो। वन्तका साक्षी समेत रहेका श्रेष्ठले गत सोमबार मध्यराति आगजनी गरिदिए।

 

 

 

यतिमात्र होइन अख्तियारले श्रेष्ठलाई पनि बयानमा बोलाएको थियो।

 

 

 

महानगरीय अपराध महाशाखाले श्रेष्ठलार्इ मंगलबार पक्राउ गरेपछि उनले पेट्रोल छर्किएर आगजनी गरेको खुलेको छ।

 

 

 

अपराध महाशाखाका डिएसपी प्रजित केसीका अनुसार पक्राउ परेका श्रेष्ठले आगो लगाएको स्वीकार गरेका छन्।

 

 

गृहमन्त्रालयले सहसचिव सहसचिव कृष्ण रावतको संयोजकत्वमा उच्चस्तरीय छानबिन टोली गठन गरेको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement