कोशीका मुख्यमन्त्रीको विश्वासको मतविरुद्ध दायर रिट मल्ल र माथेमाको इजलासमा

कोशीका मुख्यमन्त्रीको विश्वासको मतविरुद्ध दायर रिट मल्ल र माथेमाको इजलासमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतविरुद्ध परेको रिट निवेदनमाथि सुनुवाइका लागि आइतबार पेसी तोकिएको छ ।

मुख्यमन्त्री थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको दाबीसहित पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा सुनुवाइका लागि आइतबार पेसी तोकिएको हो । उक्त पेसी निवेदन न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासमा तोकिएको छ ।

प्रदेशसभाबाट मुख्यमन्त्री थापाले विश्वासको मत लिँदा प्रदेशसभा बैठकको अध्यक्षता गरेका प्रदेशसभा सदस्यले समेत मत दिएका थिए ।यसअघि उक्त रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाले कारण देखाउ आदेश जारी गरेका थिए ।