काठमाण्डु – काठमाण्डु महानगरपालिकाको वडा नम्बर ३२ मा नेकपा एमाले जिवयी भएको छ । ३२ नम्बर वडाको अध्यक्षमा एमालेका उम्मेदवार नवराज पराजुली विजय भएका हुन् ।
पराजुलीले ५ हजार २२५ मत ल्याए भने उनका प्रतिद्धन्द्धी एकीकृत समाजवादीकी सीता देवी कँडेल (पराजुली) ले ३१०८ मत ल्याएकी छन् ।
यसअघि एमालेले काठमाण्डुका वडा नम्बर १, २, ३, ४ र ५ जितिसकेको छ । कांग्रेसले भने वडा नम्बर २८ र ३० मा जितेको छ । अहिले ६, ७, ८, २६, २७, २९ र ३१ वडामा मतगणना जारी छ ।




प्रतिक्रिया