काठमाडौं – बिहीबार दिउँसो राजधानीको कोटेश्वर स्थित जडिबुटीमा एक पाकेटमारले अर्का पाकेटमारलाई चक्कु प्रहार गरेका छन् ।
प्रहरीका अनुसार जडीबुटीमा डिम्पल घिसिङले सुरेश बुढाथोकीलाई चक्कु प्रहार गरेका हुन् । चक्कु प्रहारबाट घाइते गम्भीर बुढाथोकीलाई उपचारका लागि वीर अस्पताल लगिएको महानगरीय प्रहरी परिसद टेकुका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।
घिसिङलाई कोटेश्वर प्रहरीले नियन्त्रणमा लिएको छ ।




प्रतिक्रिया