केपीले बधाई दिँदै लेखे– बालेन बाबु, ५ वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्

केपीले बधाई दिँदै लेखे– बालेन बाबु, ५ वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पराजित गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’लाई बधाई दिएका छन् ।

मतगणनाको अन्तिम परिणाम सार्वजनिक भएर बालेनले प्रमाणपत्र बुझेको केहीबेरमा शनिबार साँझ सामाजिक सञ्जालमा लेख्दै ओलीले उनलाई बालेन बाबु भनेर सम्बोधन गरेका छन् ।

उनले लेखेका छन्, ‘बालेन बाबु, विजयको लागि तपाईंलाई बधाई ! तपाईंको ५ वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्, हार्दिक शुभकामना !’

अध्यक्ष ओलीलाई फराकिलो मतान्तरले पराजित गर्दै झापा ५ बाट बालेन निर्वाचित भएका छन् ।