काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् केपी खनालले आफ्नै मतदातालाई ‘थुन्ने’ धम्की दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
स्थानीयका समस्या सुन्न आयोजना गरिएको छलफल जारी रहेका बेला एक सहभागीले खनाललाई प्रश्न सोध्छन् । खनालले ती व्यक्तिको प्रतिवाद गर्छन् ।
भिडियोमा खनालले प्रश्नकर्तालाई समातेर ‘जाक्ने’ चेतावनी दिइरहेको देखिन्छ । ‘कल्ले भन्यो प्रमाण छ, हाल्छु, जाक्छु समाएर अनि थाहा हुन्छ । कल्लले भन्यो ? कल्ले भन्यो ?’, उनी जाइलाग्छन् ।
उनले ती व्यक्तिलाई पार्टीमा संगठित गरेकामा स्थानीय नेताहरुसँग आपत्ति जनाउँछन् ।
‘यस्ता मान्छेलाई त तपाईंहरुले सदस्यमा राख्नु भाख’, उनी भन्छन्, ‘अनाधिकृत बोल्न मिल्छ ? कल्ले फोन ग-यो ? प्रमाण छ तपाईंसँग ?’
धीरेन्द्र थापा नामका कार्यकर्ताले लम्कीचुहा अस्पतालको सुरक्षा व्यवस्था कमजोर रहेको भन्दै सांसद् खनालको ध्यानाकर्षण गराएका थिए ।
उनले अस्पतालमा काम गर्न वातावरण नभएको र सरकारले सुरक्षा दिन नसकेको बताए ।
अस्पतालको गेटमा गत महिना अज्ञात समूहले ताला लगाएको समाचार आएको थियो ।
खनाल गत २१ फागुनको निर्वाचनमा कैलाली–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् ।




प्रतिक्रिया