काठमाण्डु – पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी झन बलियो भएको बताएका छन् ।
बुधबार बागमती प्रदेश अधिवेशन आयोजक समितिले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले माधव नेपालप्रति इंगित गर्दै एमाले सिध्यायौँ भनेर प्रचार गरिएपनि एमाले झन् बलियो भएको बताएका हुन् । उनले भने, ‘झन एमाले ठूलो छ, बलियो छ । हाँगा हालेर झाँगिएको छ । मुन्टो निमोठ्यौँ भन्थे झन् हाँगा हालेको छ ।’
त्यसैगरी अध्यक्ष ओलीले अबको चुनाबमा आफ्नो पार्टीले नै जित्ने दाबी गरे । उनले भने, ‘वृद्धभत्ता भन्ने बित्तिकै एमालेको नाम आउँछ । स्वास्थ्य प्रणाली सुदृढ कसले गर्यो भन्दा एमालेको सरकारले । त्यसकारण आगामी चुनाबमा को जित्छ भन्दाखेरि एमाले नै जित्छ’ नेकपा एमालेलाई हल्याउन पर्यो भने देश विदेशका सारा शक्तीले होस्टे होस्टे गरेपनि सक्दैनन्। ’




प्रतिक्रिया