काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति दुख व्यक्त गरेका छन् ।
ट्वीटरमार्फत श्रद्धाञ्जलि दिँदै प्रधानमन्त्री ओलीले घिमिरेको निधनले नेपालले साहित्य र वाङमयका एक विशिष्ठ साधक गुमाएको बताएका छन् ।
‘राष्ट्रकवि माधवप्रसाद घिमिरेका १०२ वर्षको उमेरमा आज दुःखद निधन भएको छ । उहाँको अवसानबाट नेपालले साहित्य र वाङमयका एक विशिष्ट साधक गुमाएको छ । साहित्य मार्फत उहाँले मुलुकलाई लगाउनु भएको गुण नेपाली जनताले कहिल्यै भुल्ने छैनन्’, उनले भनेका छन् ।
कपुरधारास्थित आफ्नै निवासमा मंगलबार साँझ राष्ट्रकवि घिमिरेको १ सय २ वर्षको उमेरमा निधन भएको हो ।




प्रतिक्रिया