केपी ओली नै प्रधानमन्त्री बन्ने निश्चित,सत्ता साझेदारीबारे बालुवाटारमा ठाकुरसंग छलफल जारी

केपी ओली नै प्रधानमन्त्री बन्ने निश्चित,सत्ता साझेदारीबारे बालुवाटारमा ठाकुरसंग छलफल जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुने निश्चित भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस , माओवादी केन्द्र र उपेन्द्र यादव नेतृत्वको जसपाको गठवन्धनले बैकल्पिक सरकार गठनको दावी नगर्ने घोषणा गरेसंगै एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त हुने निश्चित भएको हो ।

जसपाका प्रथम अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री ओलीलाई सघाएपछि कांग्रेस सभापति शेरबहादुर देउवा पछि हटेका हुन । ठाकुरसंग सांसदको संख्या २० पुगेको छ । उनले आफुसंग भएका बहुमत सांसदको हस्ताक्षर शीतल निवासमा बुझाइसकेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत दावी गरेर आउन दिएको समय अघि नै वैकल्पिक सरकार बनाउने कोशिस भएपनि अन्तिममा त्यो योजना असफल बनेको छ । एमाले अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपालबीच वार्ता सफल भएसंगै राजनीतिक कोर्सले अर्को बाटो समातेको छ । ओली र नेपालबीच कार्यदल बनाएर अघि बढ्ने र पार्टीको बिवाद मिलाउने सहमती भएको छ । यससंगै नेपाल पक्षका सांसदहरुले राजीनामा दिने सम्भावनाको समेत अन्त भएको छ ।

प्रधानमन्त्री ओली र जसपाका अध्यक्ष ठाकुरबीच नयां सरकार गठनका विषयमा बालुवाटारमा अहिले छलफल सुरु भएको छ । छलफलमा वरिष्ठ नेता राजेन्द्र महतो समेत सहभागी छन् ।

एमालेसंग रहेको १२१ सिट र जसपासंग भएको २० सिट मिलाएर बहुमतको सरकार बनाउने वा अर्को प्रक्रियामा जाने भन्ने विषयमा नेताहरुबीच छलफल जारी छ । प्रधानमन्त्री ओलीले बहुमतिय सरकार वा ठुलो दलको हैसियतमा जसपासहित बहुमत दावी गर्ने भन्ने विषयको भने टुंगो लागेको छैन । तर, प्रधानमन्त्रीमा ओलीको निरन्तरता हुने भने निश्चित भएको छ ।
जसपासंग आज सत्ता साझेदारीबारे अन्तिम टुंगो लाग्नेछ । त्यसपछि आजै ९ बजेपछि वा शुक्रबार प्रधानमन्त्री ओलीले सपथ लिने  तयारी छ ।