के छ ओलीले आपत्ति जनाएको बुँदा नम्बर १३६ मा ?

के छ ओलीले आपत्ति जनाएको बुँदा नम्बर १३६ मा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममा आपत्ति जनाएका छन् ।बिहिबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्द अध्यक्ष ओलीले सरकारको नीति तथा कार्यक्रमको बुँदा नम्बर १३६ मा आपत्ति जनाएका हुन् ।

सो बुँदाले सरकारले नीतिगत र वैधानिक रुपमै भ्रष्टाचारलाई प्रवर्द्धन गरिने उल्लेख गरिएको भन्दै ओलीले आपत्ति जनाएका हुन् । उनले भने, ‘भ्रष्टाचार प्रवर्द्धन गर्ने ? यस्तो नीति तथा कार्यक्रमबाट कस्तो अपेक्षा गर्ने ?’

के लेखिएको छ बुँदा नम्बर १३६ मा ?

‘भ्रष्टाचारको उच्च जोखिमका क्षेत्र, निकाय र पदीय जिम्मेवारीको विश्लेषण गरी प्रभावकारी अनुगमन र निगरानी गर्दै निरोधात्मक, उपचारात्मक तथा प्रवर्द्धनात्मक अवलम्बन गरिनेछ ।’ संघीय संसदमा ओलीले यहीँ वाक्यांशलाई लिएर सरकारको नीति तथा कार्यक्रममाथि आपत्ति जनाएका हुन् ।