काठमाडौं – राष्ट्रियसभाका सदस्य नेपाली कांग्रेसका सांसद दुर्गाप्रसाद उपाध्यायको निधनका कारण प्रतिनिधिसभामा हुने भनिएको प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन स्थगित भएको छ ।
शुक्रवार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सरकारका दुईवर्षे कामको उपलब्धीबारे जानकारी गराउन सम्बोधन गर्ने तयारी गरेका थिए ।
नेपाली कांग्रेसले उपाध्यायको निधनको संसद सचिवालयमा पुर्याएका कारण प्रधानमन्त्रीको सम्बोधन भोलिका लागि सरेको हो ।
प्रतिनिधिसभाको बैठक शनिवार बिहान ११ बजेका लागि राख्ने तयारी भएको छ । ओली नेतृत्वमा सरकार गठन भएको भोलि २ वर्ष पूरा हुँदैछ ।




प्रतिक्रिया