चीनबाट फर्किएर प्रधानमन्त्री ओलीले भने-अब भारत भ्रमणको एरेन्ज गर्नुपर्छ

चीनबाट फर्किएर प्रधानमन्त्री ओलीले भने-अब भारत भ्रमणको एरेन्ज गर्नुपर्छ

file photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा ‘फ्रेमवर्क फर बेल्ट एन्ड रोड कोअपरेसन’मा प्राप्त सहायता ऋण नभएको बताएका छन् । बिहीबार चीनको ४ दिने भ्रमण पूरा गरेर स्वदेश फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा चीनसँग भएको सम्झौता ऋण नभएको बताए ।

‘अस्ति मैले आमसभामा पनि हामी कुनै ऋण लिन जाँदैछैनौं भनेको थिएँ । ऋण सम्बन्धी कुनै कुरा पनि चलेन । मैले यहाँ बोलेकै थिएँ, कुरा पनि चलेन । छलफल पनि भएन ।’

सहायतामा हस्ताक्षर भएपछि अब बीआरआई अगाडि बढ्ने उनले बताए । ‘हामीले यसपल्ट बीआरआईअन्तर्गत विभिन्न परियोजनाहरूको कुरा गर्‍यौं । हरेक परियोजनाअन्तर्गत पछि हामी छुट्टै छलफल, छुट्टै एग्रिमेन्टहरू गर्छौं र त्यसको इप्लिेमेन्टेसन कसरी गर्छौ भन्ने सम्बन्धमा । अहिले हामीले जे प्राप्त गरेका छौं, त्यो ऋण होइन भन्ने कुरा धेरैपल्ट भनियाछ । अब धेरै दोहोर्‍याउनु नपरोस भन्ने मेरो आग्रह छ ।’

ओलीले आफूले १८ महिना सरकार चलाएपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने बताए ।ओलीले १८ महिना आफूले सरकार चलाउने बताउँदै भने, ‘त्यसपछि शेरबहादुर देउवाजीलाई मैले हस्तान्तरण गर्छु । उहाँले डेढ वर्ष चलाउनुहुन्छ, चुनाव गराउनुहुन्छ ।’

यस्तै ओलीले अब भारत भ्रमणको व्यवस्था मिलाउने समेत बताए । अब दक्षिणको भ्रमण कहिले ? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले , ‘अब एरेन्ज गर्नुपर्छ । कहिले भन्ने कुरा फर्किएकै दिन कसरी टुंग्याउन सकिन्छ ?’

बीआरआई सम्झौताको कुरालाई लिएन उनले भने ‘मैले त्यति थाहा पाएको छैन । यस्तो कुरा । र, म के भन्छु भने दक्षिणको मिडियाले अलि मित्रहरूलाई भड्काउने, आक्षेप गर्ने खालको कुरा कुनै मिडियाले गरेको छ भने लिडरहरूले त्यस्तो गरेको मैले थाहा पाएको छैन । कुनै मिडियाबाट कतै त्यस्तो भएको छ भने त्यो राम्रो तरिका होइन । म त्यति भन्न सक्छु ।’