काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् । सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले आफ्नो दुई वर्षे कार्यकालमा सरकारले गरेका कामबारे जानकारी दिनेछन् ।
शनिबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
यसअघि शुक्रबार नै प्रधानमन्त्री ओलीले संसद्मा सम्बोधन गर्ने तय भएको थियो । तर, राष्ट्रियसभाका बहालवाला सांसद्को निधन भएपछि आजका लागि स्थगित गरिएको थियो ।
सम्बोधनको क्रममा ओलीले सरकारले दुई वर्षमा गरेका कामकारबाहीबारे जानकारी दिनुका साथै समसामयिक घटनाक्रमका विषयमा समेत बोल्नेछन् ।




प्रतिक्रिया