एउटै सरकार दुई वर्ष चल्दा उपलब्धिका रुपमा लिनुपर्दो रहेछः प्रधानमन्त्री ओली

एउटै सरकार दुई वर्ष चल्दा उपलब्धिका रुपमा लिनुपर्दो रहेछः प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक राजनीतिक अस्थिरताबाट स्थिरतामा प्रवेश गरेको बताएका छन् । शनिबार संघीय संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

उनले सरकार बन्ने र ढल्ने क्रममा एउटै पार्टी र एउटै नेतृत्वको सरकार दुई वर्ष चल्दा त्यसलाई पनि उपलब्धिका रुपमा लिनुपर्ने अवस्था आएको बताए । राजनीतिक अधिकारका मुद्धा हल भएकाले मुलुक समृद्धितर्फ अगाडि बढेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘नेपाल कम्युनिष्ट पार्टीले सरकार सञ्चालन गरेको सात ७३१ दिन अर्थात दुई वर्ष पूरा भएको छ । लामो समयसम्म ६/७ महिनामा सरकार फेरिइरहने विगतको स्थिरतालाई ध्यानमा राख्दा हाम्रो देशमा एउटै पार्टीको एउटै सरकार स्थापना गर्नु दुई वर्ष पूरा गर्नु पनि एउटा उपलब्धीका रुपमा लिनुपर्ने अवस्था आउँदोरहेछ ।’

आफूले यसअघि संसदमा सम्वोधन गर्न खोज्दा नपाएपछि बाहिरै बोल्नुपरेको प्रधानमन्त्रीले स्मरण गरे । त्यसैगरी शुक्रबार संसदमा सम्वोधन गर्द लाग्दा राष्ट्रियसभा सदस्यको निधनका कारण बोल्न नपाएको भन्दै उनले मृतक राष्ट्रियसभा सदस्य दूर्गाप्रसाद उपाध्ययनप्रति श्रद्धाञ्जली प्रकट गरे ।

प्रधानमन्त्री ओलीले अहिले संसदलाई सम्बोधन गरिरहेका छन् ।