ओडिसामा छात्राको मृत्युबारे सरकारले कूटनीतिक तवरले बुझ्दैछ : प्रधानमन्त्री ओली

ओडिसामा छात्राको मृत्युबारे सरकारले कूटनीतिक तवरले बुझ्दैछ : प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ओडिसामा नेपाली छात्राको मृत्यु भएको प्रकरणमा कूटनीतिक तवरले बुझ्ने प्रयास भइरहेको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले घटनाबारे मिडिया र सामाजिक सञ्जालबाट थाहा पाएको जनाएका छन् ।

ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबरजस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जालमार्फत जानकारीमा आएको छ ।

भारतीय पत्रिका इन्डियन एक्सप्रेसका अनुसार बी–टेक तेस्रो वर्षमा अध्ययनरत प्रकृति लम्साल विश्वविद्यालयको होस्टेलमा मृत फेला परेकी हुन् । विश्वविद्यालयले लम्सालले आत्महत्या गरेको जनाएको छ ।

‘बी–टेक तेस्रो वर्षमा अध्ययनरत नेपाली विद्यार्थीले आईतबार होस्टेलमा आत्महत्या गरेकी छन् । उक्त विद्यार्थीको केआईआईटीमा अध्ययनरत अर्का विद्यार्थीसँग प्रेम सम्बन्ध रहेको आशंका गरिएको छ । कुनै कारणले गर्दा विद्यार्थीले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ,’ विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।