आज बलिदानपूर्ण संघर्षद्वारा रैतीबाट जनता बनेको दिन : प्रधानमन्त्री ओली

आज बलिदानपूर्ण संघर्षद्वारा रैतीबाट जनता बनेको दिन : प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ७ रैतीबाट जनताको दर्जामा पु¥याएको दिनका रूपमा स्मरण गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले गौरवपूर्ण एवं ऐतिहासिक यस दिनमा सम्पूर्ण लोकतन्त्रप्रेमी नेपालीहरूमा दिवस रहेको बताएका हुन् ।

‘फागुन ७ गते । आजको दिन हामी नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन हो, बलिदानपूर्ण सङ्घर्षद्वारा आफूलाई रैतीबाट जनताको दर्जामा पुर्याएको दिन हो’, प्रधानमन्त्री ओलीले भनेका छन् ।

नेपालको नक्सासँगै नेपालको राष्ट्रिय झण्डा पोष्ट गर्दै लेखेका छन्, ‘जहानियाँ शासनविरुद्ध जीवन उत्सर्ग गर्नुभएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलगायत अमर सहिदहरूमा भावपूर्ण श्रद्धाञ्जली र सम्मान !!’