हेरफेर हुँदा ७ वटा प्रदेश ९ पनि हुनसक्छ, ५ पनि हुनसक्छ : प्रधानमन्त्री ओली

हेरफेर हुँदा ७ वटा प्रदेश ९ पनि हुनसक्छ, ५ पनि हुनसक्छ : प्रधानमन्त्री ओली

फाइल तस्विर ।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश संरचना हेरफेर हुँदा अहिलेका ७ प्रदेश ९ वटा वा ५ वटा पनि हुनसक्ने बताएका छन् ।

शनिबार काठमाण्डुमा प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’को लोकार्पण कार्यक्रममा बोल्दै उनले लोकतान्त्रिक प्रणालीका संरचनामा हेरफेर हुन सक्ने विषयलाई सामान्य मान्नुपर्ने बताए ।

उनले भने, ‘७ वटा प्रदेश ९ वटा पनि हुनसक्छ । ७ वटा प्रदेश ५ वटा पनि हुनसक्छ । त्यसो भयो भने पनि कुनै रुवाबासी गर्नुपर्ने आवश्यक छैन । ६ वटा पनि हुनसक्छ ।’

प्रधानमन्त्री ओलीले देशको आवश्यकता हेरेर प्रदेश घटबढ गर्न सकिने बताए । उनले देश, विकास र जनताको आवश्यकताअनुसार सुधार हुने विषयमा रुवाबासी गर्न जरुरी नरहेको बताए ।

उनले भने, ‘देशलाई आवश्यकता, विकासलाई आवश्यकता, जनतालाई आवश्यकता कस्तो हुन्छ, त्यसअनुसार गर्ने कुरा हो । त्यस्तो लोकतन्त्र भनेजस्तो, गणतन्त्र भनेको जस्तो, लोकतान्त्रिक गणतन्त्र भनेको जस्तो आधारभूत कुरा त्यो होइन ।’