प्रधानमन्त्रीकाे भावुक सम्बाेधन : मरौं कि जस्तो पनि लाग्छ !

प्रधानमन्त्रीकाे भावुक सम्बाेधन : मरौं कि जस्तो पनि लाग्छ !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटरको ललिता निवासको जग्गामा आफूलाई बिनाकारण आरोप लगाइएको बताएका छन् ।

शनिबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री अ‍ोलीले ललिता निवासको जग्गामा अनियमितता भएको थाहा पाएपछि आफूले नै छानबिन समिति बनाएको तर आफूले नै जग्गा लिएजस्तो गरेर बद्नाम गर्न खोजिएको बताए ।

‘ललिता निवास पनि बालुवाटारमै छ, मेरो निवास पनि त्यैँ छ, त्यसैले बालुवाटारको जग्गा भन्नेबित्तिकै मलाई नै सम्झने रहेछन्, मलाई आरोप लगाउने रहेछन्’, उनले भने, ‘ललिता निवास प्रकरणमा मुद्दा चलेकोमा रोइकराइ गर्नुपर्ने जरुरी छैन् ।’

साथै प्रधानमन्त्री ओलीले केही तर्कहरुले आफू बिस्मात हुने बताएका छन् । उनले कहिलेकाँही मरुँमरुँ जस्तो लाग्ने बताएका छन् ।

‘पहिले सरकारको चर्चा गर्दा गफ गरेर हुन्छ काम गर्नु प‍र्यो नि गर्छु भनेर हुन्छ भनेको सुन्थे । अहिले परिवेश अलि बदिलिएछ । यो एक वर्षदेखि एउटा थेगो जस्तै बनेको छ । अंक र आँकडाबाट हुन्छ ? ग्लोबल इन्डेक्समा होइन जनतामा इम्प्रिेसन के छ ? बुझ् भन्ने जस्ता कुराहरु सुनिन्छि । यस्ता तर्क सुन्दा म बेलाबेलामा विस्मित हुन्छु । मरौं कि जस्तो पनि लाग्छ । तर ठिकै छ अंकमा होइन अनुभुति नै सही इन्डेक्स होइन इम्प्रेसनकै कुरा गरौं न त । के छ इम्प्रेसन, परिणाम के छ ?’ प्रधानमन्त्री ओलीले भने ‘यो सरकार गठन हुनुअघि तराई र हिमाली जिल्लाहरुमा शीतलहरका कारण जनताले ज्यान गुमाइरहेका थिए । तर दुई वर्ष यता कसैले ज्यान गुमाउनु परेको छैन् । नेपाल गरिब छ तर भोकमरीको अन्त्य भयो । अब कोही भोकै मर्नु पर्दैन् ।’

उनले भने ‘आम निर्वाचनमा एउटा चलेको थियो कम्युनिस्टको सरकार बनेपछि हाँस्न त के रुन पनि पाइँदैन। यसलाई खुब दोहोर्याएको पाइयो । वास्तविकता त्यस्तो थिएन । तर लोकतन्त्र संकटमा परेको अधिनायकवाद आउन लागेको भन्ने पनि खुबै भनियो । यहाँनेर अचेल एउटा प्रश्नले हरदम पिरोल्छ मलाई । उमेरले पनि पाको भइसक्यौं । गत वर्ष मैले भनेको थिए । सम्वृद्ध नेपाल सुखी नेपाली । आजको प्रश्न सम्वृद्धि कति भयो ? सुखी बनाउने योजना कहाँ पुग्यो ?’