काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले १२ कक्षाको परीक्षा सार्न निर्देशन दिएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले तोकिएकै मितिमा परीक्षा गर्ने तयारी गरेका बेला प्रधानमन्त्री ओलीले सार्न निर्देशन दिएका हुन् ।
बालुवाटारमा भेट्न आएका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले केही दिन परीक्षा सार्न निर्देशन दिए ।
परीक्षा वैशाख ११ गतेदेखि हुने गरी तोकिएको थियो । नेपाल शिक्षक महासंघको आन्दोलनका कारण परीक्षा प्रभावित हुने भएको छ ।
प्रधानमन्त्री ओलीको निर्देशनपछि बोर्डको बैठक बसेर परीक्षा सार्ने निर्णय हुने जनाइएको छ ।




प्रतिक्रिया