झापा – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्न विभिन्न षड्यन्त्रहरु भएको बताएका छन् ।
वर्तमान सरकारले विकास र समृद्धिको माहोल तयार गरेको देखेर विकासको गति रोक्ने र मुलुकलाई फेरि अस्थिरतातर्फ धकेल्ने मनसायले सरकार ढाल्ने षडयन्त्र भएको प्रधानमन्त्री ओलीले बताए ।
दशैँपछि पहिलोपटक गृहजिल्ला पुगेका ओलीले दमकमा आयोजित कार्यक्रमलाई संवोधन गर्दै सो कुरा बताएका हुन् ।
‘सरकार ढाल्न विभिन्न षडयन्त्र भइरहेको छ, सरकारलाई कमजोर पार्न खोजिएको छ,’ प्रधानमन्त्री ओलीले भने ।




प्रतिक्रिया