निरंकुश राजतन्त्र फर्काउने सपना देख्नेविरुद्ध मजदुर वर्ग लाग्नुपर्छ : प्रधानमन्त्री ओली

निरंकुश राजतन्त्र फर्काउने सपना देख्नेविरुद्ध मजदुर वर्ग लाग्नुपर्छ : प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको आन्दोलनबाट फालिसकिएको निरंकुश राजतन्त्रलाई फर्काउने सपना देखेर अराजक र असहिष्णुु प्रवृत्ति बोक्नेहरू सक्रिय भएकाले तिनका विरुद्ध खबरदारी गर्न मजदुर वर्गलाई आग्रह गरेका छन् ।

बिहीबार १३६औं अन्तर्राष्ट्रिय मजदुुर दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) द्वारा बिहीबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुकमा राजनीतिक परिवर्तन र सचेतनाका लागि योगदान दिने मजदुर वर्गलाई एकताबद्ध भएर सही र महान् उद्देश्यप्राप्तिमा गतिशील हुन आग्रह गरे ।

उनले भने, ‘फालिएको राजतन्त्र पक्षधरहरूको अराजकता गत चैत १५ गतेको तीनकुने–हिंसात्मक र दानवीय घटनामा स्पष्ट देखिएको छ । उनीहरूको प्रशंसा नगर्ने कलाकारको फिल्म नहेर्नेजस्ता असहिष्णु व्यवहार गर्ने राजतन्त्रवादीहरूले फेरि फर्किने कुचेष्टा गरिरहेका छन् । शान्ति कायम गर्न उभिएका प्रहरीमाथि गाडी लिएर किच्न जान्छन् भने त्यस्ताहरूको हातमा शासन सत्ता पुुगेमा के गर्लान् भन्ने प्रश्न उब्जिएको छ । उनीहरूले हाम्रो सभ्यता र संस्कृतिमा चुनौती दिएका छन् । हामीले त्यस्तालाई जवाफ दिन सक्नुुपर्छ । यसमा श्रमजीवी विगतझै वर्ग सचेत हुनुपर्छ । समृद्धि नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा लिएर सुनौलो भविष्य बोकेर हिँडेका छौं । हामीले रगत–पसिना बगाएर ल्याएको लोकतान्त्रिक प्रणालीको रक्षा गर्छाैं । हाम्रो झण्डा ख्यालख्यालमा रातो भएको होइन, मजदुरहरूले शान्तिपूर्ण र न्यायपूर्ण समाजका लागि लाग्दा गोली खाएर ढल्दाखेरी सेतो झण्डामा रगत लत्पतिएकाले रातो भएको हो । बलिदानबाट निस्किएका झण्डाहरू राता हुन्छन् । हाम्रो देशको झण्डामा पनि रातो रंग रहेको छ । हामी संघर्षको गाथा झल्काउने झण्डा छोड्ने छैनौं ।’