आसेपासे पूँजीवादसँग मेरो चिनजान छैन : प्रधानमन्त्री

आसेपासे पूँजीवादसँग मेरो चिनजान छैन : प्रधानमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओलीले आसेपासे पूँजीवाद (स्वार्थ समूह) सँग आफ्नो चिनजान नरहेको स्पष्ट पारेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका विषयबारे जवाफपछि थप स्पष्टीकरणको समयमा प्रधानमन्त्री ओलीले स्वार्थ समूह सँग आफ्नो चिनजान नरहेको ठोकुबा गरेका हुन् ।

उनले भने “पूँजीवाद होइन, मानववाद र समाजवाद ल्याउने हो । अहिलेको सरकारले पूँजीवादलाई प्रश्रय दिँदैन । पैसाले होइन, हाम्रा लागि मान्छे महत्वपूर्ण हो ।’