उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली

उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धिका लागि केही गर्नुपर्ने बताएका छन्।

महिला उद्यमी महासङ्घले आयोजना गरेको अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मेलन, २०८२ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले समृद्धिका लागि सँगै काम गरेर सफलता हासिल गर्नुपर्नेमा जोड दिएका हुन्। ‘हामीले उद्यमशीलताको विकासबाट समृद्धि हासिल गर्नुपर्नेछ। सरकारले युवा र महिला उद्यमशीलतालाई उच्च महत्व दिएको छ। यस सम्मेलनबाट आउने निष्कर्षले सरकारको प्राथमिकता पूरा गर्न सघाउने छ’, प्रधानमन्त्री ओलीले भने।

साथै महिलाको सशक्तीकरणका लागि संविधान र व्यवहारमा व्यवस्था गर्दै आएकफ उनले बताए। उनले तीनै तहमा कम्तीमा ३३ प्रतिशत जनप्रतिनिधि सुनिश्चित गरेको र विद्यालयमा छात्राहरूको सङ्ख्या छात्रहरूको भन्दा बढी रहेकाले नतिजामा पनि छात्राहरूको राम्रो हुँदै गएको प्रधानमन्त्री ‌ओलले बताए।