संसद्मा साउन ७ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

संसद्मा साउन ७ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभा बैठकमा साउन ७ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले साउन ७ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने जानकारी दिए ।

प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ मा प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने उल्लेख छ । समूह १० मा रहेका सांसदहरूले साउन २ गते दिउँसो १ बजेभित्र प्रतिनिधिसभा सचिवसमक्ष प्रश्न बुझाउनुपर्नेछ ।

प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित विषयमा सांसदहरूले प्रश्न सोध्न सक्ने सभामुख घिमिरेले जानकारी दिए ।