काठमाण्डु – नेकपा एमालेको पोलिटब्युरो बैठकमा पार्टी र नेतृत्वविरुद्ध फेसबूकमा लेख्नेलाई कारबाही गर्नुपर्ने कुरा उठेको छ ।
पोलिटब्युरो बैठकमा स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले पार्टी र नेतृत्वविरुद्ध फेसबूकमा जे पायो त्यहीँ लेख्नेलाई कारबाही गर्न माग गरे ।
विधान महाधिवेशनको मुखमा ७० वर्षे उमेर हद र २ कार्यकालभन्दा बढी दोहोरिन नपाउने व्यवस्था विधानबाट हटाउने सचिवालयको निर्णय पुनर्विचार गर्न माग गरिरहेका एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य कर्ण थापाले सामाजिक सञ्जालमार्फत पनि आफ्नो फरक विचार प्रस्तुत गरिरहेका छन् ।




प्रतिक्रिया