केपी ओली पनि पुगे च्यासल

केपी ओली पनि पुगे च्यासल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेका छन्।

ओली पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग उनको सदस्यतालगायतका विषयमा छलफल गर्न च्यासल गएका हुन्।

छलफल ३ बजेका लागि तय भएको भनिए पनि प्रधानमन्त्रीको कार्यव्यस्तताका कारणले केहीबेर पर धकेलिएको हो ।

एमालेमा सक्रिय राजनीतिको घोषणा र पार्टीका लगातार बैठकपछि हुन लागेको उनीहरूबीचको भेटवार्तालाई चासोका साथ हेरिएको छ ।

दुई दिनसम्म चलेको पोलिटब्युरो बैठकमा भण्डारीको राजनीतिमा आगमनबारे देखिएको विवाद समाधान गर्न अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारी छलफलमा बस्नुपर्ने सुझाव धेरै पोलिटब्युरो सदस्यले दिएका थिए।

बैठकमा प्राप्त सुझावलाई ख्याल गर्दै अध्यक्ष ओलीले बैठकमा आफूले भण्डारीसँग भेट्ने बताएका थिए।

एमाले पार्टी कार्यालयमा नेता कार्यकर्ताहरूको बाक्लो भीड छ ।