काठमाण्डु– नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच वार्ता सुरु भएको छ ।
एमाले मुख्यालय च्यासलमा केहीबेर अघिबाट उनीहरूबीच वार्ता सुरु भएको हो ।

छलफल ३ बजेका लागि तय भएको भनिए पनि प्रधानमन्त्रीको कार्यव्यस्तताका कारणले केहीबेर पर धकेलिएको हो ।
एमालेमा सक्रिय राजनीतिको घोषणा र पार्टीका लगातार बैठकपछि हुन लागेको उनीहरूबीचको भेटवार्तालाई चासोका साथ हेरिएको छ ।





प्रतिक्रिया