‘सिद्धान्त छाडेर भाग्ने र विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गरेनन्’

‘सिद्धान्त छाडेर भाग्ने र विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गरेनन्’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले सिद्धान्त छाडेर भाग्ने र विरोधीसँग घाँटी जोडेर दुुनो सोझ्याउने काम नेकपा कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालले कहिल्यै नगरेको बताएका छन् ।

नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा बुधबार आयोजित ४७औं पुुष्पलाल स्मृति दिवसको कार्यक्रममा बोल्दै उनले पुुष्पलाल सही विचार, गतिशील संगठन र समर्पित नेतृत्वका धनी भएको भन्दै समाज बदल्ने सपना बोकेकाहरूले उनको विचारलाई अनुशरण गर्नुपर्ने बताए ।

उनले भने, ‘पुुष्पलाल आदर्शप्रति सधैं दृढ रहनुुभयो । उहाँका केही सीमाहरू थिए होलान् तर विचार र काममा उहाँ अग्रणी हुनुुहुुन्थ्यो । उहाँ साँच्चैको क्रान्तिकारी व्यक्ति हुनुुहुुन्थ्यो । जात र धर्मबाट उहाँ माथि हुनुुहुुन्थ्यो । आफ्नो धरमा श्रेष्ठ लेख्नुुभएन । नेपालमा कम्युुनिष्टहरूको संगठनलाई गतिशील रूपमा हाँक्न सक्ने नेता हुुनुुहुुन्थ्यो । उहाँ सही विचार र समर्पित नेतृत्व भएको व्यक्ति हुनुुहुुन्थ्यो । उहाँकै लिगेसी बोकेको एमालेका नेता कार्यकर्ताले ती पक्षहरूलाई बिर्सिन मिल्दैन । सिद्धान्त छोडेर भाग्ने र विरोधीसँग घाँटी जोडेर दुुनो सोझ्याउने काम पुुष्पलालले कहिल्यै गरेनन् ।’

विक्रम संवत् १०८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मेका पुष्पलालले नै कार्लमार्क्स र फ्रेडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिष्ट घोषणापत्र’लाई पहिलोपटक नेपाली भाषामा अनुवाद गरेका थिए । उनकै नेतृत्वमा नेपालमा पहिलोपटक २००६ वैशाख १० गते नेकपा स्थापना भएको थियो । उनको २०३५ साउन ७ गते उपचारका क्रममा भारतमा निधन भएको थियो ।