प्रधानमन्त्रीद्वारा मधेशका सुख्खा क्षेत्रको अवलोकन (तस्बिरहरू)

प्रधानमन्त्रीद्वारा मधेशका सुख्खा क्षेत्रको अवलोकन (तस्बिरहरू)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशको सुख्खाग्रस्त क्षेत्रको अवलोकन गरेका छन्।

मन्त्रिपरिषद्को साउन ७ गतेको बैठकले ३ महिनाका लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो। वर्षाको समयमा पानी नपरेसँगै किसानको धान रोपाइँ प्रभावित भएपछि समस्यालाई कसरी समाधान गर्ने भन्नेमा प्रधानमन्त्री ओलीले मधेशको सुख्खाग्रस्त क्षेत्रको हवाइ अवलोकन गरेका हुन् ।

प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकप्टरबाट मधेश पुगेका हुन् । उनको साथमा भौतिकमन्त्री देवेन्द्र दाहाल, श्रममन्त्री शरतसिंह भण्डारी लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसमेत थिए ।

लामो समयदेखि पानी नपर्दा सुक्खा र खडेरीले मधेशका किसान समस्यामा परेका छन् । पानीको कमीले खानेपानी र सिँचाइ प्रणालीमा प्रभाव परेको छ ।

मनसुन भित्रिएको डेढ महिना हुँदा पनि पानी नपर्दा मधेशका किसानले धान रोप्न पाएका छैनन् । धान रोपिएका खेत पनि पानी नहुँदा धाँजा फाटेका छन् । इनार र ट्युबेलसमेत सुकेका छन् ।

वर्षाको समयमा पानी नपरेसँगै किसानको धान रोपाईँ प्रभावित भएपछि समस्यालाई कसरी समाधान गर्ने भन्नेमा प्रधानमन्त्री ओलीले यसअघि सम्बन्धित मन्त्री, प्रदेश सरकार र उच्चाधिकारीसँग छलफल गरेका थिए ।