कास्की – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको काम देखेर बिरोधीहरु आत्तिएको बताएका छन् । उनले सरकारले दिर्घकालिन सोचका साथ काम गरेको देखेर बिरोधीहरु आत्तिएको बताएका हुन् ।
उनले भने, एक÷दुई वटा पपुलर काम गरेर भोली राजनीति गर्ने सरकार होइन्, यो देशमा परिवर्तन ल्याउने सरकार हो ।’
सोमबार पोखरा सभागृहमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले सरकारले नयाँ नयाँ कार्यक्रहरु ल्याएको बताए ।
भोकमरी हुन नदिने र भोकमरीले कोहि पनि मर्न नदिने घोषणा नेपाल बाहेक अन्य कुनै देशले गर्न नसकेको उनको भनाई छ । प्रधानमन्त्री ओलीले हिजो सत्ता छोड्न कठिन भएका दलहरुले नै सरकारको विरोध गरेको आरोप पनि लगाए ।
उनले सरकारमाथि भ्रम छर्ने कामलाई जनतालाई नपत्याउने तर्क गरे । उनले पार्टीले लिएका नीतिलाई सरकारमा बसेर पुरा गरिने बताए ।
उनले आफ्नो जन्म दिनमा काटेको केकको विषयलाई संकेत गर्दै गैरविषयलाई विषय बनाएको भन्दै असन्तुष्टी नजाएका छन् । आइतबार प्रधानमन्त्रीको जन्म दिनको अवसरमा नेपालको नक्सासहितको केक काटेको भन्दै उनको चर्को आलोचना भइरहेको छ ।
‘गैरविषयलाई विषय बनाउने, कहिले के कहिले के भनेर सरकारको आलोचना गर्ने,’ प्रधानमन्त्री ओलीले भने, ‘नन् इस्युलाई इस्यु बनाउने ? किन यस्तो भइरहेको छ ? एउटा अस्तित्व रक्षा गर्नका लागि गरिरहेका छन् अर्को केही न केही त गर्नुपर्यो नि, त्यसैले ।’
प्रधानमन्त्री ओलीले विपक्षीलाई कुखुराको चल्लासँग तुलना पनि गरेका छन् ।
‘कुखुराका चल्लाहरूले फट्यांगो टिपेर गुर्रर कुद्छ । त्यो चल्लाले के टिप्यो थाहा नपाइकन अरू चल्लाहरू पछिपछि कुद्छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘संसदमा विधेयकहरू पेश प्रस्तुत गर्छौं, त्यहाँ छलफल गरे हुन्छ नि । संसदमा छलफल गर्ने पर्याप्त कुरा छैन अनि जनतामा भ्रम छर्ने, सरकारलाई अलोकप्रिय बनाउन भूमिका खेल्ने भइरहेको छ ।’




प्रतिक्रिया