प्रधानमन्त्रीद्वारा उच्चस्तरीय विषयगत राउण्ड टेबलको सहअध्यक्षता

प्रधानमन्त्रीद्वारा उच्चस्तरीय विषयगत राउण्ड टेबलको सहअध्यक्षता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनअन्तर्गत व्यापार तथा वाणिज्यको सहजीकरण र क्षेत्रीय सहकार्यसम्बन्धी राउन्ड टेबलको सहअध्यक्षता गरेका छन् ।

‘भूपरिवेष्ठित विकासशील देशहरू (एलएलडिसी)मा समृद्धिको चालकको रूपमा संरचनात्मक रूपान्तरण, विविधीकरण, र विज्ञान, प्रविधि र नवप्रवर्तन’ उच्चस्तरीय विषयगत राउण्ड टेबलमा सम्बोधन गरेका हुन्।

तुर्कमेनिस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको साइड इभेन्टका रुपमा प्रधानमन्त्री ओलीले बैठकलाई सम्बोधन गर्दै भूपरिवेष्टित मुलुहरुको रुपान्तरण कुनै छनोट नभई आवश्यकता भएकामा जोड दिए।

प्रधानमन्त्री ओलीले काजकस्तान, अजरवैजान, ताजकस्तानका राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

साउन २० देखि २३ गतेसम्म अवाजामा भइरहेको कार्यक्रममा प्रधानमन्त्री ओलीलाई तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणा गरेका थिए ।

यसबीच प्रधानमन्त्री ओली र आयोजक राष्ट्र तुर्कमेनिस्तानका राष्ट्रपति सरदार बेरदिमुहामेदोभबीच दुईपक्षीय भेटवार्ता भएको छ ।