काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानको आवाजामा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भइ शुक्रबार स्वदेश फर्कँदै छन् । त्यस क्रममा प्रधानमन्त्री ओली तुर्कमेस्तिानबाट दुबई प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री ओलीलाई तुर्कमेनबासी अन्तर्राष्ट्रिय विमानस्थलमा तुर्कमेनिस्तानका उपप्रधानमन्त्रीले बिदाइ गरेका थिए । प्रधानमन्त्री ओली दुबई हुँदै राति करिब ११ बजे नेपाल आइपुग्नुहुने कार्यक्रम छ ।
नेपाल अध्यक्ष रहेको एलएलडिसी समूहको सम्मेलन यही साउन २० देखि २३ गतेसम्म तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना भएको थियो ।
सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए । सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखसँग र संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ अधिकारीहरूसँग पनि भेटवार्ता गरेका थिए ।




प्रतिक्रिया