डाक्टरलाई प्रधानमन्त्रीले भने: एक हप्तामा क्याबिनेट बैठक राख्छु

डाक्टरलाई प्रधानमन्त्रीले भने: एक हप्तामा क्याबिनेट बैठक राख्छु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण बुधबार(भोली) बिहान ९ बजे हुने भएको छ । प्राध्यापक डाक्टर अरूण सायमीले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोण भोलि ९ बजे हुने जानकारी दिए ।

‘प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोण भोलि ९ बजे हुने भएको छ’, उनले भने,‘केहीबेर अघि उहाँको डायलासिस गरिएको छ ।’

उनका अनुसार प्रत्यारोपणअघि गरिने सबै चेकजाँच गरिएको र सबै रिपोर्ट सामान्य रहेको छ । सायमीले प्रधानमन्त्रीको आत्मविश्वास निकै बलियो भएको बताए ।

‘हामी चाँही बरु चिन्तित छौं तर, उहाँ त चिन्ता नलिनुस् । मलाई केही हुँदैन एक हप्तामा क्याबिनेट बैठक राख्छु भन्नुहुन्छ,’ सायमीले भने ।

उनले नेपाली टिमले नै प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्ने जानकारी दिए । विदेशबाट आएका एक जना डाक्टर सर्पोटका लागि मात्र ल्याइएको उनको भनाई छ ।

उनलाई भान्जी नाता पर्ने एक महिलाले मिर्गौला दिन लागेकी हुन् । त्रिवि शिक्षण अस्पतालको मिर्गौला प्रत्यारोपण विभागका प्रमुख प्राध्यापक डाक्टर प्रेमराज ज्ञवाली नेतृत्वको टिमले उनको मिर्गौलाको प्रत्यारोपण गर्ने भएको हो ।