प्रधानमन्त्री ओलीले आज एससीओ सम्मेलनलाई सम्बोधन गर्दै, रुसी राष्ट्रपति पुटिनसँग पनि भेट्ने

प्रधानमन्त्री ओलीले आज एससीओ सम्मेलनलाई सम्बोधन गर्दै, रुसी राष्ट्रपति पुटिनसँग पनि भेट्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले सांघाई सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर सम्मेलनलाई सोमबार सम्बोधन गर्दै छन्।

चीनको थियानजिनस्थित थियानजिन मेइजियान सम्मेलन केन्द्रमा सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधन गर्ने छन्।

चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली शनिबार पाँच दिने भ्रमणको लागि चीनमा छन्। प्रधानमन्त्री ओली र विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखबीचको दुईपक्षीय भेटवार्ताको क्रम पनि जारी छ।

प्रधानमन्त्री ओलीले सोमबार नै रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोनसँग भेटवार्ता गर्ने छन् ।

प्रधानमन्त्री ओलीले आइतबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न देशका राष्ट्र र सरकार प्रमुखहरूसँग भेट गरेका छन् ।