प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै दीप प्रज्वलन

प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै दीप प्रज्वलन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले आज साँझ माइतीघरमा दीप प्रज्वलन गरेको छ ।

प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यका लागि सबै नेपालीको तर्फबाट दीप प्रज्वलन गरिएको अनेरास्ववियूका संयोजक ऐन महरले जानकारी दिए ।

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएको छ । उनको बुधबार मिर्गौला प्रत्यारोपण गरिँदैछ ।